चन्द्रागिरीले राज्यलाई नोक्सान पुर्यायो

२०७३ चैत्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ चैत । महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरी हिल्स् प्रा.लि.ले केवलकार संचालन नाममा राज्यलाई नै नोक्सान हुने गरी बद्‍मासी
गरेको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाएको छ । उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मूल्यमा जग्गा भाडामा लिरएर मनपरी संरचना बनाएपछि विवादमा परेको चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाएको छ ।
महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४ औं वार्षिक प्रतिवेदनमा चन्द्रागिरी केबुलकारबारे ‘व्यवसायीलाई छुट तथा सुविधा’ शिर्षकमा जग्गा भाडा प्रक्रिया र भन्सार छुटको विषय उठाउदै छानविन गर्नुपर्ने निर्णय गरेको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘केबुलकार व्यवसायीलाई कम दरमा जग्गा लिजमा दिने र ठूलो मात्रामा राजस्व छुट दिने कार्यले राज्यलाई नोक्सानी भएको छ ।’ चन्द्रागिरी केवलकारमा मिलेमोतोमा ठूलो अनियमितता भएको निष्कर्ष निकाल्दै प्रतिवेदनमा आवश्यक छानबिन गरिनु पर्ने निर्णय गरेको छ ।
प्रतिवेदन अनुसार चन्द्रागिरि डाँडाको ३६ हेक्टर वन क्षेत्रमा केवुलकार निर्माण गर्न प्रति हेक्टर ५ हजार रुपैयाँका दरले प्रतिवर्ष १ लाख ८० हजार रुपैयाँ दस्तुर प्राप्त गर्ने गरी लिजमा दिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार