बाँसका मुढा निर्यात हुन छाड्यो

२०७४ बैशाख ६ गते, बुधबार

काठमाडौं, ६ बैशाख । धादिङ जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् । सडक नहुँदा एक वर्षदेखि मुढा चीन निर्यात हुन नसकेको हो । सडक चलेका अवस्थामा प्रतिवर्ष ४० देखि ५० लाखसम्म बाँसका मुढा र डाइनिङ्ग टेबलका सेट चिनियाँ बजारमा निर्यात हुँदै आएको थियो । सरकारी सुविधाले आफूहरुलाई दैनिकी चलाउन नपुग्ने र अन्य खर्चका लागि मुढालगायत हस्तकलाका सामान बनाई बेच्ने गरेकामा अहिले खर्च धान्न समस्या भएको कैदीबन्दी बताउँछन् ।
स्थानीयस्तरमा उत्पादित बाँस, साईकलमा प्रयोग भइसकेका थोत्रा टायरलगायतका वस्तुबाट आकर्षक मुढा, डाईनिङ्ग टेवल जस्ता सामग्री बनाउने गरिएको छ । प्रतिमुढाको मोल तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । मुढा लगायतका सामग्री काठमाडौं, पोखरा, चितवन र धादिङका बजारमा पनि बिक्री हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार