बजेट सार्वजनिक गरिँदै

२०७४ जेष्ठ १५ गते, सोमबार

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गर्दै छ । आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको बनाउने तयारी गरेको छ । चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ । अर्थमन्त्री महराले १२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा ७ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजश्व उठाउने र यस वर्ष खर्च नभएको कम्तिमा ८० अर्ब बच्ने भएकाले १२ खर्ब ८० अर्बकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको हो । सरकारले मुलुकको अर्थतन्त्रको आकार २६ खर्ब रुपैयाँ पुग्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार