मन्त्रीद्वारा सरकारी गाडीको दुरुपयोग

२०७४ जेष्ठ १९ गते, शुक्रबार

काठमाडौं, १९ जेठ । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्रयोग हुन्छ ।
सरकारी नम्बर प्लेटको स्कार्पियोलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रायोजनका लागि राखेको स्रोतले बतायो । ‘परराष्ट्र मन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीन वटा गाडी राख्नु भएको छ । दुई वटा मर्सडिज बेन्च र एउटा स्कारपियो । मर्सिडिज गाडी कार्यालयको प्रायोजनका लागि राख्नुभएको छ भने स्कार्पियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो ।
२०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहमायक मन्त्री तथा राज्यमन्त्रीको सेवा सुविधा निर्धारण गरेको थियो । जसमा मन्त्रीलाई मासिक ६० हजार ९ सय ७० रुपैयाँ, एउटा गाडी, मासिक २ सय ७ लिटर पेट्रोल, वार्षिक २० लिटर मोबिल, सञ्चार सुविधा मासिक ३ हजार रुपैयाँ, मासिक मसलन्द खर्च ३ हजार पाँच सय रुपैयाँ र जिल्ला भ्रमणमा जाँदा दैनिक ३ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार