प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

२०७४ जेष्ठ २० गते, शनिबार

काठमाडौं, २० जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच शुक्रबार विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाइँबीच हस्ताक्षर भएको छ । सम्झौतानुसार हिउँदमा प्रतियुनिट रु ८.४० र वर्षामा भने रु ४.८० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्ने भएको छ । गुरागाइँकाअनुसार आयोजना निर्माण सम्पन्न भएको ८ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ ।
न्यादी खोलाको ६.८ घमि प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधिनेछ । उक्त आयोजनाको पानीलाई सुरुङमार्फत् काफलडाँडा पुर्‍याएर विद्युत् उत्पादन गरिनेछ । वि.सं. २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने कार्यकारी सन्चालक गुरागाइँले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार