भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना अलपत्र

२०७४ जेष्ठ २० गते, शनिबार

काठमाडौं, २० जेठ । सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ ।
भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बाँकी छ ।
सुस्ता संरक्षण गर्ने उद्देश्यले सरकारले गरेको तटबन्धको काममा भारतले लगाएको अवरोधप्रति सुस्तावासी निकै आक्रोशित भएका हुन् । नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपाल सरकारलाई भारतसँग सहजीकरण गर्न माग गरेका छन् ।
भारतीय पक्षको अवरोधका कारण नेपाल सिमानासम्म पनि तटबन्ध गर्न नसकिएको जनाउँदै सुस्तावासीले कूटनीतिक पहलबाट सो समस्या समाधान गर्न नेपाल सरकारलाई गुहारेका हुन् ।
जनताको तटबन्ध कार्यक्रमानुसार सरकारले सुस्ता क्षेत्रमा पानी र बाढीको समस्या समाधान गर्न तटबन्ध लगाउन थालेको हो । बाँकी नेपाली भूमिको भागमा भारतीय पक्षले तटबन्ध गर्न नदिएका कारण बाँकी केही भाग तटबन्ध गर्ने कार्य रोकिन गएको छ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
सुस्तामा हालसम्म करिब जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब रु छ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आवमा २०७३÷०७४ मा करिब रु दुई करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयले जनाएको छ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ । साबिक त्रिवेणी सुस्ता गाविस र हालको त्रिवेणी सुस्ता गाउँपालिकामा पर्ने सुस्ता गाउँमा करिब दुई हजार पाँच नेपाली समुुदायको जनसङ्ख्या छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार