४४० थान मोबाइल सेट बरामद

२०७४ जेष्ठ २२ गते, सोमबार

काठमाडौं, २२ जेठ । प्रहरीको टोलीले आइतबार राति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्य बराबरको जेन कम्पनीको ‘पी ६१’ मोडलका ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । बरामद भएको मोबाइल सेट आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरी सुनसरी पठाएको जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार