माथिल्लो तामाकोसीको प्रसारणलाइन निर्माण तिब्र

२०७४ जेष्ठ २९ गते, सोमबार

काठमाडौं , २९ जेठ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले डबल सर्किट प्रसारणलाइनको काम करिब ६० प्रतिशत सम्पन्न भएको जनाएको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले विभिन्न स्थानका १७ ओटा टावरमा साढे ४ किलोमिटर डबल सर्किट तार जडान भइसकेको जानकारी दिए । कुल १२७ ओटा टावरमध्ये ९४ ओटा पूर्णरुपमा निर्माण सकेर अर्थिङ गर्ने कामसमेत भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए । दोलखाको मेलुङमा निर्माण हुन लागेको सवस्टेसनको पनि आंशिक सर्भे भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार