पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७४ असार ३ गते, शनिबार

काठमाडौं, ३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य १०१ रुपैयाँ ५० पैसा रहेको थियो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७ रुपैयाँ ५० पैसा रहेको छ । अन्तर्राष्ट्रि बजारमा ग्यासको मूल्य घटेपनि नेपालमा भने घटाइएको छैन । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु