ढाका कपडा देश विदेशमा चर्चित

२०७४ असार ८ गते, बिहीबार

काठमाडौं, ८ असार । तेह्रथुममा परम्परागत हाते मेसिनबाट तयार गरिँदै आएको ढाका कपडाको बजार प्रवद्र्धनका लागि महिलालाई शीपमूलक तालिम दिइएको छ । यहाँका महिलाले हाते मेसिनबाट बुनेको ढाका कपडा देश विदेशमा चर्चित छ । तर बजारीकरणका लागि विचौलियाको भर पर्दा उद्यमीले न्यून मूल्य मात्रै पाउने गरेका छन् ।
गरिबी निवारण कोषले उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा रुचाइएको डिजाइन, त्यहाँसम्म पुर्‍याउने माध्यम र मूल्य निर्धारणबारे जानकारी दिएर उनीहरुको आयस्तर वृद्धि गराउन शीपमूलक तालिम दिएको हो । ‘परम्परागत व्यवसायमा सीपको विकास, परिमार्जित प्रविधि नै बजारीकरणको निकास’ भन्ने नारासहित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा १ सय ५ जना उद्यमीलाई आकर्षक डिजाइन, कपडाको रंग, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणसम्बन्धी ज्ञान दिइएको जिल्ला कार्य प्रबन्धक नरेन्द्र कटुवालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार