दू्रतमार्ग निर्माणका लागि कार्यविधि तयार

२०७४ असार ८ गते, बिहीबार

काठमाडौ, ८ असार। आज बसेको मन्त्रीपरिषद बैठकलेले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ । बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो । दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिईसकेको छ ।
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा किरण रेग्मीलाई नियुक्त पनि गरेको छ । त्यसैगरी न्यायाधिश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गरिएको छ । मन्त्रीपरिषद बैठकले एशीयाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्विकृति पनि दिएको छ ।
अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल नै बनाइएको जानकारी पनि दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार