चामल ढुवानी खर्च प्रतिकिलो ३३० रुपैयाँ !

२०७४ असार १३ गते, मंगलवार

काठमाडौं, १३ असार । सडक सञ्जाल नपुगेको हिमाली जिल्ला हुम्लामा प्रतिकेजी चामल ढुवानी गर्नमात्र ३ सय ३० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको नेपाल खाद्य संस्थानले समयमै काम नगर्दा यति महँगोमा चामल ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । सडक नपुगेको हुम्लामा बर्सेनि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि संस्थानले समयमै ढुवानीका लागि टेन्डर आह्वान नगर्दा तेब्बर मूल्य तिर्नुपर्ने अवस्था छ । संस्थानका अनुसार समयमा टेन्डर आह्वान गरी पठाउँदा एक सय ५ रुपैयाँ प्रतिकेजी चामल ढुवानी हुने थियो । – कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार