पुनःनिर्माण प्राधिकरणका लागि १ खरव ४५ अरव बजेट स्विकृत

२०७४ असार २८ गते, बुधबार

काठमाडौ, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्य योजना र आवश्यक संगठनात्मक संरचना तयार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्विकृत गरि दिएको हो । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणका लागि विनियोजना गरेको १ खरव ४५ अरव बजेट स्विकृत गरेको हो । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले स्विकृत गरेपछि मात्रै प्राधिकरणले विनियोजित बजेट खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।
प्राधिकरणको बजेट, कार्ययोजना र आवश्यक सगठनात्मक संरचनाका सम्बन्धमा तयार पारिएको प्रस्ताव आवश्यक निर्देशनसहित निर्देशक समितिबाट स्विकृत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्ष एमाले उपाध्यक्ष एवम् प्राधिकरणका पनि उपाध्यक्ष भीम रावलले पुर्ननिर्माणको काम चुस्तदुरुस्त बनाउन प्राधिकरणलाई सचेत पनि गराएका थिए । प्राधिकरणले साउन १ गतेदेखि सोही बजेट र कार्ययोजनाको आधारमा पुनर्निर्माणको कामलाई अघि बढाउनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार