चक्रपथभित्र ठूला मालवाहक गाडी सञ्चालनमा रोक

२०७४ असार २८ गते, बुधबार

काठमाडौं, २८ असार । यातायात व्यवस्था विभागले राजधानीको चक्रपथमा ‘पिक आवर’मा ठूला मालवाहक गाडी सञ्चालन गर्न रोक लगाएको छ । विभागले आजदेखि लागू हुने गरी चक्रपथमा ट्रक, टिपर, मिनी ट्रकलगायतका मालवाहक गाडी चलाउन समयसीमा तोकेको हो । नयाँ नियमअनुसार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म ट्रक, टिपर, मिनी टाटालगायतका मालवाहक गाडी चक्रपथमा गुडाउन पाइने छैन ।
विभागले ट्रक तथा टिपर व्यवसायी महासंघ, राष्ट्रिय यातायात व्यवसायी महासंघलगायतका सरोकारवालासँग छलफल गरी यो निर्णय लागू गरेको जनाएको छ ।
उपत्यकामा अहिले भइरहेको अत्याधिक जामलाई न्यूनीकरण गर्न पिक आवरमा चक्रपथमा मालवाहक सवारी बन्देजको निर्णय गरेको विभागले जनाएको छ । यसअघि चक्रपथभित्र ट्रक, टिपर र मिनी ट्रक बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म गुडाउन रोक लगाइएको थियो । यो नियम पनि यथावत् छ । विभागको निर्देशनविपरित अटेर गरी गाडी गुडाएमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार