साउन १ देखि सेयर कारोबार नगर्ने घोषणा
काठमाडौं, २९ असार । नेपाल इन्भेष्टर्स फोरमले साउन १ देखि सेयर कारोबार नगर्ने घोषणा गरेको छ । शेयर कारोबार वित्तीय सेवा भएको भन्दै फोरमले सरकारले एकपक्षीय रुपमा भ्याट लगाउने गरेको निर्णयको भन्दै सेयर खरिद बिक्रि नै नगरी पुँजी बजारलाई भ्याट मुक्त बनाउने अभियान सुरु गर्न लागेको जनाएको छ।
फोरमले बुधबार विज्ञप्ति जारी गर्दै पुँजी बजारलाई भ्याट मुक्त बनाउने आफ्नो अभियानमा साथ दिन सेयर बजारका सरोकारवाला पक्षहरुसँग आग्रह गरेको छ।
पुँजी बजारमा भ्याट लगाउने नमिल्ने दाबी गर्दै फोरमले नियमन निकाय नेपाल धितोपत्र बोर्ड र बजार संचालक नेपाल स्टक एक्सचेन्जसँग पुँजीबजारलाई भ्याट मुक्त बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ। फोरमले ब्रोकरलाई समेत यस अभियानमा साथ दिन साउन १ देखि सेयर कारोबार नगरी सहयोग गरिदिन आग्रह गरेको छ।