एनसेलको बाँकी कर तत्काल उठाउन निर्देशन

२०७४ असार २९ गते, बिहीबार

काठमाण्डौ , २९ असार । व्यवस्थापिका–संसदको लेखा समितिले एनसेलले तिर्नु पर्ने करबापतको बाँकी रकम असुल्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ । बैठकमा सांसद रामहरी खतिवडाले नेता र कर्मचारीको मिलेमतोमा छुट दिने तयारी भएको आरोप लगाए । समितिमा १२ जना सांसदले नै एनसेलसँग कर उठाउन माग गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार