कामपाको बजेट १० अर्ब ७८ करोड

२०७४ श्रावण १ गते, आईतवार

काठमाडौं, १ साउन । काठमाडौं महानगरका लागि रु १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण/सःशर्त तथा निःशर्त सबै अनुदान समावेश छ) रहेको छ ।
यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै, मनोरन्जन करलाई नयाँ कर क्षेत्रकारुपमा राखिएको छ । यसअन्तर्गत् आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत् गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार