मोबाइलमा दैनिक १८ करोड खर्च !

२०७४ श्रावण ११ गते, बुधबार

काठमाडौं, ११ साउन । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ ।
टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्व ३८ करोड रुपैंयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौं करोडभन्दा बढी हो । अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको बार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गर्ने देखिन्छ । दुवै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोड भन्दा बढी हुन्छ ।
मुलुकभर ६ वटा दुरसंचार सेवा प्रदायक कम्पनी भए पनि अन्य चारको कारोबार धेरै छैन् । मुलुकभर उपभोक्ताले कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये झन्डै आधा काठमाडौं उपत्यका मात्रै हुने गरेको छ । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार