टेलिकमको इन्टरनेटमा भारी छुट

२०७४ श्रावण १६ गते, सोमबार

काठमाडौं , १६ साउन । नेपाल टेलिकमले अाजबाट लागु हुने गरी जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाको मूल्य घटाएको छ । प्रमोसनल अफर अन्तरगत घटाइएको मूल्य ९० दिनसम्म उपलब्ध हुनेछ। जसअन्तर्गत ग्राहकले एक एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाउने छन्। यसअघि मासिक एक हजार १७ रुपैयाँमा दुई ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध हुँदै आएको थियो।
त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ। पहिले २१ जीबी डाटाको लागि १९ सय ८० रुपैयाँ शुल्क लिदै आएको टेलिकमले अब १५ जीबी डाटा तीन सयमा उपलब्ध गराउने भएको छ।
सँगै २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य सात सय तोकिएको छ। यी डाटाको गति वान एमबीपीएस हुनेछ। त्यसैगरी टेलिकमले दर्ता शुल्क पनि घटाइएको छ। पहिले दर्ता शुल्क कर बाहेक पाँच सय लिदै आएको टेलिकमले भोल्युम बेस्ड डाटाको लागि कर बाहेक दुई सय र अनलिमिटेड डाटाको लागि तीन सय रुपैयाँ तोकेको छ।
अब ग्राहकले पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा समेत प्राप्त गर्न सक्ने भएका छन्। नयाँ योजना अनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत तीन महिनाका लागि दुई सय ४० जीबी, ६ महिनाका लागि पाँच सय जीबी र १२ महिनाका लागि १२ सय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२ सय जीबी डाटा प्रयोग गर्न सकिने भएको छ। यसका साथै ग्राहकले विदेशबाट आएको कल उठाउदा अब बोनस प्राप्त गर्ने भएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु