दशैं खर्च जुटाउन भारत जानेको लर्को

२०७४ श्रावण १७ गते, मंगलवार

काठमाडौ, १७ साउन । सुदूरपश्चिमका किसान रोपाइँ सकेर खाली समयमा पैसा कमाउन रोजगारीका लागि भारत जान थालेका छन् । दशैं तिहारजस्ता पर्वका लागि खर्च जुटाउन उनीहरु रोपाइँ सकिने बित्तिकै भारत जान लागेका हुन् । गड्डाचौकी र गौरीफण्टा नाकामा पटके रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे देखिन्छ । खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर साउन र भदौ २ महिना रोजगारी गरी दशैंमा घर फर्कने अधिकांश किसानको वार्षिक कार्यतालिका जस्तै बनेको छ ।
दशै खर्च जुटाउने उद्देश्यले कैलाली र कञ्चनपुरका अधिकांश किसान रोपाई सकिएपछि सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गरेका छन् ।
खेतीपातीमा मात्रै निर्भर हुँदा परिवारको खर्च चलाउन समस्या हुने भएकाले उनीहरु मजदुरी गर्न भारत जाने गरेका हुन् । गौरीफन्टा नाकाहुँदै दैनिक १ हजार ५ सयभन्दा बढी नेपालीहरु भारतका विभिन्न शहरमा जाने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार