साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके पक्राउ

२०७४ भाद्र ५ गते, सोमबार

काठमाडौं, ५ भदौ । गत पुसमा त्रिभुवन विमानस्थलबाट पास भएपछि नियन्त्रणमा लिइएको साढे ३३ किलो सुन तस्करीका मूख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पन्तलाई दुबइमा पक्राउ गरी काठमाडौं ल्याएको छ । युएई प्रहरीको सहयोगमा नेपाल प्रहरीले पन्तलाई आबुधाबीमा पक्राउ गरेर नेपाल ल्याएको हो । २०७३ साल पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भईसकेको १५ करोड रुपैयाँ बराबरको उक्त सुन प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन काण्डमा यस अघि नै केही ब्यक्तिहरु पक्राउ परिसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार