मालपोतले मनपरी पुँजीगत लाभकर उठाए पछि …

२०७४ भाद्र ९ गते, शुक्रबार

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दृुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पँुजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठाउनुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको छ । – अन्नपूर्ण पोस्ट दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार