दसैंका सामान केरुङ नाकामा अलपत्र

२०७४ भाद्र ३१ गते, शनिबार

काठमाडौं, ३१ भदौ । रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो । राजधानी लगायत मुलुकका अधिकांश बजारमा दसैंमा चिनियाँ तयारी पोशाकको बिक्री हुने गरेको छ । व्यवसायीका अनुसार हाल जाँचमा कडाइ गरेपछि दैनिक ३० देखि ४० कन्टेनरमात्र नेपाल भित्रने गरेका छन् । यसबाट सामान आयातमा प्रत्यक्ष प्रभाव परेको छ । सीमाबाट आवतजावत गर्ने प्रत्येक कन्टेनरलाई केरुङ प्रहरी, भन्सार र क्वारेन्टाइनले १० देखि १५ मिनेट लगाएर जाँच गर्दै आएका छन् । पटकपटक यस नाकाबाट भित्रिएको सुन बरामद हुँदै आएको छ । दुई सातामै क्रमशः १५ र ८८ किलो सुन बरामद भएको थियो । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार