८८ किलो सुन तस्करीमा संलग्न प्रहरी फन्दामा

२०७४ आश्विन ४ गते, बुधबार

काठमाडौं, ४ असोज । महानगरीय प्रहरी महाशाखाले काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप पाँचजनालाई प्रहरीले पक्रेको छ । प्रहरीले काठमाडौंका कार्यविनायक सुनचाँदी पसलका सन्चालक गणेश दत्त बडू, शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्राउ गरिएको जनाएको हो ।
सोमबार पक्राउ परेका पाँचजनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
गत भदौ तेस्रो साता ८८ किलो सुनसहित क्षेत्रपाटीबाट मकवानपुरगढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए । प्रहरीले बा१७च ६४२७ नम्बरको एउटा गाडी पनि बरामद गरेको थियो । नेपालमा होटल व्यवसाय गरी बस्ने चिनियाँ व्यापारीले भित्र्याएको सुन प्रहरीले सुराकीका आधारमा बरामद गरेको थियो । बरामद गरिएको ८८ किलो सुन भने अनुसन्धानका लागि राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार