काठमाडौँमा चहलपहल बढ्यो

२०७४ आश्विन १५ गते, आईतवार

काठमाडौं, १५ असोज । फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा बिजया दशमीको टीकापछि चहलपहल बढेको छ । दुई/तीन दिनदेखि उपत्यका सुनसान भएपनि हिजो बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् । त्यस्तै दशैंको टीकाको दोस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ । यसअघि शनिबार नवरात्रको अन्तिम दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्दै एवं आफन्तजनसँग हार्दिकता बाँडेर मनाइयो ।
घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीकाप्रसाद आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइएको हो । दशैं घर तथा पूजा कोठामा राखिएको जमरा देवी विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।
पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानिन्छ । जमराले विभिन्न रोगब्याधीमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
गुरु पुरोहित, हजुरबा हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । परिवारमा टीका लगाई आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग समेत टीका लगाउन जाने परम्परा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु