पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

२०७४ कार्तिक १६ गते, बिहीबार

काठमाण्डौं , १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले हिजो गए राति बढाएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले बुधबार बेलुका पेट्रोल प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
वृद्धि मूल्य लागू नभएपछि अब पट्रोल मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टितेल ७४ रुपैयाँ ५० पैसा, खाना पकाउने ग्यास १३ सय २५ नै रहनेछ । हवाई इन्धनको मूल्य भने यथावत रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु