एकैदिन १,९१५ चालक कारवाहीमा

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौं, १२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार सवारी नियम उल्लंघन गर्ने १,९१५ चालकलाई कारवाही गरिएको छ । ती सबैलाई सवारी नियमसम्बन्धी विभिन्न कसुरमा दोषी पाइएपछि कारवाही गरिएको हो । महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो ।
ट्राफिक प्रहरीले पछिल्लो समय लेनअनुशासन उल्लंघन गर्ने, जथाभावी हर्न बजाउने चालकलाई समेत कारवाही गर्न थालेपछि दैनिक कारवाहीमा पर्ने चालकको संख्या सरदर १,५०० भन्दा माथि नै हुने गरेको छ । विगत २४ घण्टामा उपत्यकामा गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु