जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने

२०७४ पुष २२ गते, शनिबार

काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ । बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । उनले भने, ‘कारोवारका लागि निश्चित ठाउँ तथा समय कुर्नु नपर्ने व्यवस्था छिट्टै शुभारम्भ हुँदैछ ।’ शिवाकोटीका अनुसार अब यो प्रणाली सुरु भएसँगै उपभोक्ताले सहज सेवा पाउनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार