चौरजहारीमा हवाई सेवा ठप्प

२०७४ फाल्गुन २२ गते, मंगलवार

काठमाडौं, २२ फागुन । विगत एक वर्षदेखि हवाई सेवा ठप्प भएपछि रुकुम चौरजहारीका हजारौं यात्रु तथा विरामीहरु मर्कामा परेका छन् । रुकुम, जाजरकोट र सल्यानका सर्वसाधारणलाई सेवा दिँदै आएको हवाई सेवा ठप्प भएसँगै यात्रुहरुलाई समस्या भएको हो । विशेष गरी चौरजहारी र जाजरकोट अस्पतालबाट रिफर गरिएका विरामीहरुलाई समस्या देखिएको छ । समयमै उपचार नपाउँदा केही विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ । हवाई सेवा लामो समयसम्म बन्द भएपछि स्थानीयहरुले आक्रोस पोख्न थालेका छन् ।
यात्रुहरुको चाप र समस्यालाई मध्यनजर गर्दै हवाई सेवा सुचारु गर्न जनप्रतिनीधिले चासो नदेखाएको आरोप स्थानीयको छ । नेपालमा हवाई जहाज र पाईलट पर्याप्त नभएका कारण सेवा कटौती गरिएको नेपाल वायुसेवा निगम चौरजहारीका कार्यालय प्रमुख सुरेन्द्र नेपालीले बताए । आफुले केन्द्र र क्षेत्रमा ताकेता गरेपनि कुनै पहल नभएको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार