नागढुंगा-धुलिखेल मेट्रो रेलको सम्भाब्यता अध्ययन हुँदै

२०७५ बैशाख १६ गते, आईतवार

काठमाडौं, १६ बैशाख । सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाब्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । बैठकले सम्भाब्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ । आशयपत्रको दस्तावेज स्वीकृत भएकाले कार्यालयले अब तत्कालै आशयपत्र माग गर्नेछ ।
यसअघि २७ कात्तिक २०७४ मा बसेको बोर्ड बैठकले पनि यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको थियो । काठमाडौं मेट्रोरेलको रुट नम्बर २ अन्तर्गत बन्ने यो परियोजना ५४ किलोमिटरको हुने अनु्मान छ । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार