पेट्रोल र डिजेलको मूल्य वृद्धि
काठमाडौं, २० बैशाख । पछिल्लो ४५ दिनमा पेट्रोल र डिजेलको मूल्य तीन पटक बढेको छ । बुधबार बसेको आयल निगम संचालक समितको बैठकले पुन मूल्य बढाए पछि उपभोक्ता मारमा परेका छन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले थाहाखबरलाई बताए । बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ पर्नेर छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाएको जनाएको छ । आइओसीले प्रत्येक एक र १५ तारिखमा मूल्यसूची पठाएको हुन्छ, त्यहीअनुसार हामी मूल्य समायोजन गर्ने होु गोइतले भने ।