एसएसपी श्याम खत्रीद्वारा अदालतसमक्ष आत्मसमर्पण

२०७५ जेष्ठ १७ गते, बिहीबार

काठमाडाैं, १७ जेठ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । साढे ३३ किलो सुन प्रकरणका फरार अभियुक्त मानिएका खत्रीले यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाई पाएका थिए । साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मूख्य अभियुक्त मानिएका गोरेले सुनकाण्डका मूख्य अभियुक्त श्याम खत्री नै भएको बयान दिएका थिए ।
३३ किलो सुन काण्डबाट सफाई पाएपछी नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हाजिर भइसकेका थिए । फेरी साढे ३३ किलो सुनकाण्डमा नाम मुछिएपछी फरार रहेका खत्रीले आत्मसमर्पण गरेलगत्तै उनीमाथि थप अनुसन्धान थालिएको छ । अहिले अदालतमा बयान भइरहेको छ । खत्री बेपत्ता भई सम्पर्कमा नआएपछि प्रहरीले खोजिका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत् डिफ्यूजन नोटिस नै जारी गराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार