सुनको मूल्य घट्यो

२०७५ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौँ, १८ जेठ । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले नै घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । शुक्रबार तोलामा ७ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार