काठमाडौं-ताप्लेजुङको हवाई भाडामा वृद्धि

२०७५ जेष्ठ १९ गते, शनिबार

काठमाडौं, १९ जेठ । नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडामा एक्कासी वृद्धि गरेको छ । यसअघि ५ हजार ३ सय ३० रुपैयाँ भाडा दर रहेकोमा अहिले १८ सय ६५ रुपैयाँ बढाएर ७ हजार १ सय ९५ रुपैयाँ पुर्‍याइएको निगमका ताप्लेजुङ ईन्चार्ज विकास राईले जानकारी दिए । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडा दरसहितको सर्कुलर आएको तर, भाडा किन वृद्धि भयो भन्ने जानकारी नभएको राईले बताए । एक्कासी १८ सय रुपैयाँभन्दा बढीले भाडा वृद्धि हुँदा हवाई यात्रा गर्न समस्या हुने स्थानीयको भनाइ छ ।
असारदेखि तीन महिनासम्म वर्षायाममा उडान स्थगित हुँदै आएकोमा विमान स्थल कालोपत्रे भएकाले यो वर्ष भने वर्खाको समयमा उडान स्थगित नहुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

नेप्से २१.७६ अंकले बढ्यो !

२०८२ श्रावण ६ गते, सोमबार