घुस्याहा कर्मचारी अख्तियारको नियन्त्रणमा

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले कबुलियति वनको काममा सहजिकरण गरिदिने भन्दै घुस मागेको बताइएको छ । सेवाग्राहीबाट २३ हजार रुपैयाँ घुस लिइसकेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रण गरी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

नेप्से २१.७६ अंकले बढ्यो !

२०८२ श्रावण ६ गते, सोमबार