वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्की र दाहाल पक्राउ

२०७५ असार १२ गते, मंगलवार

काठमाडौँ , १२ असार । वैदेशिक रोजगारीको नाममा ठगी धन्दा चलाउँदै आएका म्यानपावर ब्यवसायी चुडाबहादुर कार्की पक्राउ परेका छन् । कामदारलाई १० हजारको रसिद दिएर ४ लाख ५० हजारसम्म असुल्दै आएका कार्की र खगराज दाहाललाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरु दुबै बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालक हुन् ।
कामदारलाई १० हजार रुपैयाँको मात्र रसिद प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ असुल्दै गरेको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको साथमा २ सय ९८ वटा पासपोर्ट, १० लाख २३ हजार रुपैयाँ नगद, इन्ट्री रजिष्टार, डायरीलगायत कागजपत्र समेत बरामद गरेको छ । थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले बैदेशिक रोजगार विभागमा पठाएको छ । बर्दियाका कार्की र झापाका दाहाल मिलेर म्यानपावर व्यवसायी गर्दै अाएका थिए । म्यानपावर कम्पनीको अनुगमन गर्ने निकाय बैदेशिक रोजगार विभागको कार्य फितलो भएपछि गृहमन्त्री रामबहादुर थापा र श्रममन्त्री गोकर्ण विष्टको सक्रियतामा कामदारलाई ठगी गर्नेहरुलाई कारवाहीको लागि कदम चालेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

नेप्से २१.७६ अंकले बढ्यो !

२०८२ श्रावण ६ गते, सोमबार