पुर्ब माकेको केन्द्रिय कार्यालय बिक्री गर्ने खेल सुरु

२०७५ असार १४ गते, बिहीबार

काठमाडौं, १४ असार । पूर्व माओवादी केन्द्रका केन्द्रीय कार्यालय रहेको काठमाडौँ कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा बेच्ने खेल सुरु भएको खुलासा भएको छ । पार्टी नेताहरुबीच पूर्व एमालेको धुम्बाराहीमा रहेको कार्यालयलाई मुख्य बनाउने र पेरिसडाँडालाई जबस कार्यालय राख्ने सहमति भएको थियो । पार्टी एकतापछि पेरिसडाँडा आफ्नै भएका कारण मुख्य कार्यालय राख्नुपर्ने बसह चलिरहेको बेला जग्गा बेच्ने खेल सुरु भएको हो । नेता शालिकराम जमकट्टेलको निर्देशनमा पेरिसडाँडाको २१ आना जग्गा बिक्री हुन लागेको स्रोतको दाबी छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पेरिसडाँडाको उक्त जग्गा तत्कालीन मजदुर नेता गणेश रेग्मीको नाममा फाइनान्स गरेर किनिएको थियो । पेरिसडाँडाको दुई कित्ता जग्गामध्ये कट्टेल र रेग्मी मिलेर बेच्न लागेको बताइएको छ । पार्टी कार्यालयका जग्गा बेच्न लागेको सूचना पाएपछि पूर्व एमाका नेताहरुले माओवादी केन्द्रका नेताप्रति संकाका दृष्टिले हेरेका छन् । जग्गा बिक्री–खरिदलाई धेरै नेताहरुले नजिकबाट नियाली रहेका छन् । तर, रेग्मी र कट्टेलले भने जग्गा खरिद गर्ने व्यक्तिसँग भने छलफल जारी राखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार