तीन किलो सुनसहित दुई युवक पक्राउ
काठमाडौं, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार बिहान ११.३० बजे चेकजाँचकाक्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कन्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एअर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिए । सुन कहाँबाट कसरी आयो ? भन्नेबारेमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । -रासस