कनकमणिको कम्पनीले बिजुली चोरे बापत ३० लाख तिर्यो

२०७५ असार १९ गते, मंगलवार

काठमाडौं, १९ असार । । अर्गानिक हिमालय कम्पनीले बिजुली चोरे बापत ३० लाख ३० हजार भन्दा बढी जरिवाना तिरेको छ। पत्रकार कनकमणि दीक्षितको काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित सो कम्पनीले सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको अनुगमनको क्रममा फेला परेको थियो।त्यसलगत्तै सो कम्पनीका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ। पत्रकार कनकमणि दीक्षितले सिंगापुरमा बस्दै आएका विदेशी नागरिकसँग ६ महिना अगाडि सो कम्पनी र त्यसले चर्चेको ५० रोपनी जग्गा किनेका थिए।त्यहाँ पहिला होटल सन्चालित थियो र सो होटलले ०६४ सालमा गाह्रस्थतर्फका ग्राहकले प्रयोग गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार कम्पनीका लेखापालले ३० लाख ३० हजार २२४ रुपैयाँ तिरेको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

अण्डाको मूल्य बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार

नेप्से २१.७६ अंकले बढ्यो !

२०८२ श्रावण ६ गते, सोमबार