११ किलो सालकको खपटासहित पक्राउ

२०७५ असार ३० गते, शनिबार

काठमाडौं, ३० असार । इलाका प्रहरी कार्यालय पाँचथर अमरपुरको गस्ती टोलीले ११ किलो सालकको खपटासहित हिलिहाङ गाउँपालिका–३ का ५३ वर्षीय फुपुठी शेर्पालाई पक्राउ गरेको छ ।उनका साथबाट दुईथान मोबाइल, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । उनलाई हिलिहाङ गाउँपालिका–२ स्थित मेची राजमार्गमा सवारी चेकजाँच गर्दा मे१ज १४३९ नम्बरको जिपबाट ती सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार