शेयर बजार घाटामा

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)काे तथ्यांकले अार्थिक वर्षकाे अन्तिम महिना असारमा मात्रै १९ अर्ब रूपैयाँले शेयर बजार घाटामा गएकाे देखाएको छ । शेयर बजारमा सकारात्मक गति बन्न नसक्दा लगानीकर्ताले गत अार्थिक वर्ष २०७४/०७५ मा साढे तीन खर्ब रुपैयाँ गुमाएका छन् । गत एक वर्षमा लगानीकर्ताकाे सम्पत्ति ३ खर्ब ४४ अर्ब रूपैयाँले घटेकाे छ । अार्थिक वर्ष २०७३/०७४ काे असार महिनामा भन्दा गत अार्थिक वर्ष २०७४/०७५ को असारसम्ममा बजार पूँजीकरण २१.७१ प्रतिशतले घटेको छ। त्यस्तै सूचक पनि २१.५३ प्रतिशतले घटेको छ । गत असारमा अघिल्लो असारको भन्दा ५०.२६ प्रतिशतले कारोबार रकम घटेको छ ।
असार महिनामा अन्तिम त्रैमासको ब्याज तिर्नुपर्ने कारणले समेत शेयर कारोबार रकम तथा सूचक दुवैमा गिरावट अाएकाे जानकारी बताउँछन् । सरकारले ल्याएकाे बजेटले उत्साह जगाउन नसकेकाे शेयर बजारमा राष्ट्र बैंककाे मौद्रिक नीतिले पनि अाशा जगाउन सकेन । निरन्तर घटिरहेकाे बजारमा नयाँ अार्थिक वर्ष सुरू हुँदा पनि उत्साह छाउन सकेकाे छैन ।

प्रतिक्रियाहरु

[anycomment]