फरार अभियुक्तलाई मन्त्रिपरिषदबाट रकम निकाशा

२०७५ श्रावण ९ गते, बुधबार

काठमाण्डौ, ९ साउन । राज्यको ढुकुटी दोहन गरेर कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारी विदेश भ्रमणमा सरकारले १ वर्षको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छ । राज्यको ढुकुटीबाट कार्यकर्तालाई रकम बाँड्न, मन्त्री, संस्थान तथा आयोगका पदाधिकारी र कर्मचारीको विदेश भ्रमण तथा द्वन्द्वपीडित भनिएका कार्यकर्तालाई रकम बाँड्न सरकारले १२ महिनामा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको हो ।
आर्थिक वर्ष २०७४/०७५ को १२ महिनामा मन्त्रिपरिषद बैठकले पटके निर्णयबाट सहायता र विदेश भ्रमणका नाममा १ अर्बभन्दा बढी रकम भुक्तानी दिएको छ ।
गत वर्ष साउनदेखि गएको असारसम्मको विदेश भ्रमणमा १२ करोडभन्दा बढी खर्च भएको छ । यो खर्च वार्षिक बजेटमा मन्त्रालयगत रुपमा विनियोजन गरिएको चालू खर्च बाहेकको हो । यसरी आर्थिक सहायता पाउनेमा फरार अभियुक्त समेत छन् । मन्त्रिपरिषदले फरार अभियुक्त वृजप्रसाद गिरीको उपचारमा लागेको २ लाख ८ हजार रुपैयाँ निकाशा दिने निर्णय गरेको हो ।- कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]