निर्माणाधीन पुल भत्कियो

२०७५ श्रावण ११ गते, शुक्रबार

काठमाडौं ,११ साउन । करिव १६ करोड रुपैंयाको लागतमा निर्माण भइरहेको डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका जोड्ने निर्माणाधीन पुल भत्किएको छ । गुणस्तरहीन सामग्रीको प्रयोग र गलत डिजाइनका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् ।
पुल भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीय जनप्रतिनिधिहरुले निर्माण कार्यमा संलग्न ठेकेदार र प्राविधिकहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई जोड्दै बैतडी तल्लो सोराड क्षेत्रका हजारौं जनतासँग डडेल्धुरा सदरमुकाम जोड्न पुल निर्माण गर्न लागिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]