चीनले पर धकेल्याे प्राेटाेकलमा हस्ताक्षरकाे मिति
काठमाडौं , १४ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँगको व्यापार तथा पारवहन सम्झौताको कार्यविधि प्रोटोकलमा तत्काल हस्ताक्षर नहुने जनाएको छ । चिनियाँ पक्षले आफ्नो तर्फबाट थप तयारी आवश्यक रहेको भन्दै समय माग गरेपछि तत्काललाई हस्ताक्षरको मिति सारिएको हो । साउनको अन्तिम वा भदौको सुरुताकाका लागि नयाँ मिति तय गरिएको छ ।
यसअघि मंलगबारसम्म उक्त प्रोटोकलमा हस्ताक्षर हुनेगरी मिति तय गरिएको थियो । तर, अन्तिम समयमा चीनले तयारी नपुगेको जानकारी गराएपछि प्रोटोकलमा हस्ताक्षर हुने समय थप लम्बिएको हो । प्रोटोकलमा द्विपक्षीय हस्ताक्षर भएपछि ०७२ फागुनमा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनको बाटो खुल्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको ५ देखि १० असारमा भएको चीन भ्रमणमा प्रोटोकलको विषय टुंग्याइने भनिए पनि तयारी नपुगेपछि अगाडि बढ्न सकेको थिएन ।