संयुक्त उद्योग व्यापार महासंघ दाङको अध्यक्षमा सुधीर
काठमाडाै, ६ माघ ।संयुक्त उद्योग व्यापार महासंघ दाङको प्रथम सम्मेलन अाज सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त उद्योग व्यापार महासंघ सम्मेेलनले भद्र वली सुधीरकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा कमल चाैधरी, सचिवमा दिनेश गाैतम, सहसचिवमा दुर्गा उचही मगर, काेषाध्यक्षमा हिम बहादुर घर्तीलाई सर्वसम्मत निर्वाचित गरेको छ । संयुक्त उद्योग व्यापार महासंघका केन्द्रीय काेषाध्यक्ष याेगेश बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविन, पार्टीका जिल्ला कार्यालय सदस्य प्रदिप वली, वेपत्ता परिवार समाजका अध्यक्ष राम बहादुर थापा सुन्दर लगायतको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।