सुन प्रति तोला ६० हजार ९ सय
काठमाडौँ, ९ माघ । सुन तोलमा २ सय रुपैयाले बढेर सुन प्रति तोला ६० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार भने सुन प्रति तोला ६० हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी आज तेजाबी सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चादी तोलामा ५ रुपैया बढेको छ । मंगलबार प्रति तोला ७ सय ५० मा कारोबार भइहेको चादी आज ७ सय ५५ मा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।