धारामा पानी नझदै योजना सम्पन्न !

काठमाडाैँ , १७ माघ । कालिकोट जिल्लाको पलाँता गाउपालिकामा सबै बिकासे आयोजना एकै साथ अगाडी वढिरहेका छन । गाउपालिकाले बिकासे कामलाई अगाडी वढाउन सबै निकायको शक्ती परिचालन गरेका वेला गाउपालिकाको एक खानेपानी आयोजना भने गुणस्तर हिन वनेको छ । चालु आर्थिक वर्षमा गाउपालिकाले चार लाख पैसा विनियोजन गदै वडा नं २ को चुलधारा देखि लार्फ सम्म २.५ किलोमिटर खानेपानीको योजना सञ्चालनमा ल्यायो । तर खानेपानीका पाइप उस्तै जमिनमा विछाएर योजना सम्पन्न भएको प्रतिवेदन पेश गदै गाउपालिका वाट भुक्तानी लिएको पाईएको छ । एक सय घरधुरीलाई लक्षित गरी निमार्ण भएको खाने्पानी आयोजना सम्पन्न गराउको प्रतिवेदन उपभोक्ता समितिले पेश गदै पैसा भुक्तानी लगिसकेको छ । तर आयोजना गुणस्तरहिन वनेको छ । जो सामान्य प्राबिधिक माप्दण्ड पनि पुरा नगरी योजना सम्पन्नको प्रतिवेदन गाउपालिकामा पेस हुनु र भुक्तानी लिनु भस्टाचार भएको स्थानिय धनकर्ण बिश्वक्रर्माले वताए । आफु लगाएतका नागरिकहरुका मान्छे योजनाको अनुगमनमा जादा कुनै पनि ठाउमा पाइपलाई जमिन मुनि नलुकाएको पाइयो । त्यस पछि सामान्य प्राबिधिक माप्दण्ड पुुरा गर्न निमार्णको जिम्मेवारी लिनु भएका उपभोक्ता समितिका अध्यक्ष अंग बिश्वक्रर्मालाई भन्दा उनले कुनै सुनुवाई नगरी भुक्तानी लिएको बिश्वक्रर्माको भनाई छ ।
पलाँता नागरिक समाजका सदस्य भिमप्रसाद न्यौपानेले योजनामा कुनै पनि काम चित्त वुझदो नभएका वेला कसरी भुक्तानी भयो । कार्यसम्पन्नको प्रतिवेदनमा हस्ताक्षर गर्ने वडा अध्यक्ष देखि निमार्णको हेरचाह गरिहनु भएका प्राबिधिकको मिलोमतो भएको वताए । हामीले वेला वेला जानकारी दिदा पनि योजना राम्रो नवन्नु समुदायको कुरा नसुनेको प्रमाणित हुने भन्दै यस्ता अपराध गर्नेलाई गाउपालिकाले बिषेश ध्यान दिनु पर्ने नागरिक समाजका सदस्य सर्पाचन्द न्यौपानेको भनाई छ । यसका बिषयमा वडा अध्यक्ष बिर्ख बिश्वक्रर्मालाई सम्पर्क गर्दा काम निकै गुणस्तर भएको दावी गरे । उनले धारामा पानी नआउने समस्या पुरानै भएको भन्दै अन्य काम प्राबिधिकको माप्दण्डमा भएको वताए ।
खानेपानी आयोजनाको पाइप जमिन माथि नै खुला छोडिएको छ । साथै वनेका धारामा पानीको एक थोपा पनि चुईएको छैन । नागरिकहरुले पानी पिउन पाउनु त धेरै परहको कुरा हो । नागरिकहरुले हाम्रो खानेपानीको योजना छ रे भन्ने अवस्था पनि छैन । कागजी रुपमा योजना सम्पन्न भएको प्रतिवेदन गाउपालिकामा सबैले मिलाएर पठाई भुक्तानी लिसकेकाले फेरी योजना आउला भन्ने आसा गर्ने सम्मको ठाउ नभएकाले यस्तो योजनाको राम्रो अनुगमन गरी दोसि माथि कार्वाही गर्न नागरिकहरुले माग गरेका छन ।- कर्ण बिश्वक्रर्मा