उपत्यकामा चौबीसै घण्टा बस सञ्चालन गर्ने तयारी

२०७५ माघ २४ गते, बिहीबार

काठमाडौं, २४ माघ । यातायात व्यवस्था विभागले काठमाण्डौ उपत्यकामा रातको समयमा पनि सार्वजनिक गाडी सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ । विभागका अनुसार काठमाण्डौ उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डौ महानगरपालिकासँग समन्वय हुनेछ । रातको समयमा काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरुलाई सार्वजनिक गाडी नहुँदा समस्या भएकोले यो कामलाई अघि बढाउन ढिलाई भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याउने भन्ने सहमति व्यवसायीहरुसँग भएपनि त्यो पनि कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु