शिवम् सिमेन्टको साधारण सेयर निष्कासन हुदै
काठमाडौं,५ फागुन । भोली (फागुन ६ गते) देखि शिवम् सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रति शेयर एक सय अंकित मूल्यमा प्रिमियम बापत २ सय थप गरी प्रति कित्ता तीय सय र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता अंकित मूल्य एक सयमा प्रिमियम एक सय थपि प्रति कित्ता २ सय रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ गते र ढिलोमा चैत ५ गते तोकिएको छ । आईपीओ निष्कासन गरेकै दिन संस्थागत लगानीकर्ताले आईपीओ भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
न्युनतम ५० र अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आईपीओ भर्न पाइने सिद्धार्थले जानकारी दिएको छ । कुल निष्कासन मध्ये संगठित संस्थाका कर्मचारी र सामुहिक लगानी कोषलाई गरी ६ लाख कित्ता वितरण गरी ४१ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।