सुन तोलाको ६२ हजार ७ सय
काठमाडौँ, ६ फागुन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला ७८० रुपैयाँमा कारोबार भइहरेको छ ।